निःशुल्क स्वास्थ्य परिक्षण हुने

पोखरा, ८ चैत । बटरफ्लाइ फाउण्डेशन नेपाल कास्की र कास्की सेवा अस्पतालको संयुक्त आयोजनामा आगामी चैत १० गते शनिवार निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना हुने भएको छ ।स्वास्थ्य शिविरमा डा.प्रकाश पौडेल, डा. पदमबहादुर खड्कालगायतको टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गर्ने छन् ।  शिविरमा सहभागी विरामीलाई निःशुल्क औषधी वितरण गरिने बटरफ्लाई फाउण्डेशन नेपाल कास्कीका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए ।

बटरफ्लाई फाउण्डेशनले नियमित रुपमा स्वास्थको पहुँच नपुगेकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...