सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ

चैत, काठमाण्डौ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ सुनाइएको छ । सन्  १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैरकानुनीरूपमा हतियार राखेको अभियोगमा बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सजायँ सुनाएको हो ।

 sanjay dutt

सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नु पर्ने छ  । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सञ्जय  दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तीन कुराहरु रहेको छ ।

सञ्जयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले सञ्जयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन ।  हाल संजयको नाममा २ सय करोड रुपैयाँ बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...