पोखरा, २ भाद्र /पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको षड्यन्त्र र ढिलासुस्तीको बिरुद्धमा आन्दोलनमा उत्रेका पोखरेलीहरुले भदौ ७ गते पोखरा बिमानस्थलको सम्पुर्ण हवाई उडान बन्दको घोषण गरेका छन् । बिमानस्थल निर्माण सरोकार समितिले नयाँ बिमानस्थल निर्माण कार्य अघि नबढे
भदौ १५ गतेदेखि चालु बिमानस्थल अनिश्चतकालको लागि ठप्प पार्ने चेतावनी दिए ।
सरोकार समितिले पोखरा स्थित हवाई कम्पनीका प्रतिनिधि, नाट्टा क्षेत्रिय संघ र ट्राभल्स एजेन्सीका प्रतिनिधिसंगको संयुक्त छलफलमा दवाबको लागि पोखरा बिमानस्थलको हवाई सेवा बन्द गर्ने निष्कर्षमा पुगेका हुन् । छलफल कार्यक्रममा समितिका संयोजक कृष्णमोहन श्रेष्ठ, सदस्य आनन्दराज मुल्मी, पर्यटन बोर्डका केन्द्रिय सदस्य टिकाराम सापकोटा, अग्नी कडेल, नाट्टाका अध्यक्ष केदार शर्मा, गणेशबहादुर भट्टराई लगायतले बिमानस्थल निर्माणको लागि शसक्त दवाब दिन चालु बिमानस्थल बन्द गर्नुको बिकल्प नरहेको बताएका थिए ।
दवाबको लागि भोलि पोखरामा सम्पुर्ण ब्यापार ब्यवशाय, शिक्षण संस्था लगायतका संघसंस्था बन्द गरी बिशाल जनप्रदर्शनक गर्ने भएको छ । समितिले यसअघि हिजो मात्र चिनिया राजदुतसंग बिमानस्थल निर्माणमा सहयोगको लागि आग्रह गरेको थियो । बिमानस्थल निर्माणको लागि आबश्यक रकम उपलब्ध गराउने चिनको एक्जिम वैंकले नेपाल सरकारलाई ऋण सम्झौता प्रक्रिया अगष्ट २० तारिख अर्थात भदौ ४ गतेसम्म टुङ्गो नलगाए ऋण प्रक्रिया रोकिने आसयको पत्र सरकारलाई बुझाईसकेको छ ।
३८ वर्ष अगाडि पोखराको छिनेडाँडामा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म विमानस्थल बन्न सकेको छैन । पोखरा बिमानस्थलबाट पोखरा काठमाण्डौ र पोखरा जोमसोङ गरी दैनिक २० उडान हदै आएको छ । करिब पाच सय हवाई यात्रु दैनीक पोखरा आउने गरेको
विमानस्थल प्रमुख प्रताव वाबु तिवारीले बताए । हाल पोखरामा पाँच हवाइ कम्पनीले उडान गर्दै आएका छन् ।