एएफसी च्यालेन्ज कपः बंगलादेश र प्यालेस्टाइन मैदानमा

काठमाडौं, फाल्गुन १९ । एसियाली फुटबल महासंघको कार्यक्रम अनुसार एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत समूह डी का छनोट खेलहरु आजबाट काठमाडौंमा सुरु भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अहिले बंगलादेशले र प्यालेस्टाइनको सामना गरिरहेको छ । तुलनात्मक रुपमा प्यालेस्टाइन बलियो टिम हो भने बंगलादेशले अप्रत्याशित नतिजा निकाल्दै आएको छ । नेपालले आजै नर्दन मरियाना आइल्याण्ड साइपानको सामना गर्दैछ । नेपालको खेल साँझ ५ बजेर ५ मिनेटमा सुरु हुनेछ । एएफ्सी च्यालेन्ज कप छनोटका लागि नेपाल रहेको समूह डी मा चार टिम सहभागी छन् ।

कमेन्टहरु
Loading...