प्रेस युनियन कोषमा कुँवर द्धारा २५ हजार सहयोग

पोखरा १६ फागुन / नेपाल प्रेस युनियन कास्कीले स्थापना गर्न लागेको प्रेस युनियन अक्षयकोषका लागी पोखरा १० रामघाट निवासी झपट बहादुर कुँवरद्धारा रु २५ हजार ५ सय ५५ रुपैया सहयोग प्रदान गर्नु भएको छ । नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा लामो समय देखी औषधी व्यवसायमा संग्लग्न  रहनु भएका समाजसेवी कुँवरले बुधवार आयोजीत एक कार्यक्रममा प्रेस युनियन  कास्कीका अध्यक्ष शिरोमणी बराललाइ हस्तान्तरण गर्नु भएको थियो । सहयोग रकम  हस्तान्तरण गर्दै व्यवसायी तथा समाजसेवी कुँवरले आफुले पत्रकार हरुको वृत्ती विकास र क्षमता अभिवृद्धी गर्नका लागी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । बहाँले समाज केही हुनेहरुले नहुनेहरुका लागी सहयोगको हात बढाउन सकने हो भने समाज विकास सभ्भव हुने समेत धारणा राख्नु भएको थियो । कुँवर कै निवास रामघाटमा आयोजीत उक्त कार्यक्रममा कुँवर परिवारवाट नेपाल पत्रकार महाँसघ कास्की शाखाद्धारा निर्माणाधीन भवनका लागी समेत रु ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा समेत गर्नु भएको छ ।

कार्यक्रममा आफनो भनाइ राख्नु हुँदै कुँवरका धर्मपत्नी तथा पोखरा उद्योग बाणीज्य संघका पुर्व पहिलो महिला कार्यकारी सदस्य समेत रहनु भएका गंगा कुँवरले आफुले लामो समय देखी पत्रकार महाँसघको भवनका लागी सहयोग प्रदान गर्न चाहेको र आज त्यसका लागी राम्रो अवसर समेत प्राप्त भएको भन्दै रु ५० हजार ५ सय ५५ प्रदान गर्ने घोषणा गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनीयनका केन्द्रिय बरिष्ट उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकार हरु जोखीम सहदै समाजका लागी कार्य गर्दै आउने हुँदा पत्रकारको वृत्ती विकास र क्षमता अभिवृद्धी का लागी अक्षय कोषको आवश्यकता महसुस गरी कास्की शाखाले गरेको प्रयासमा धेरैको सहयोग बढदै गएकोमा खुशी व्यक्त गर्नु भयो । बहाँले युनीनको प्रयासले सम्पुर्ण पत्रकार हरुकै समस्यामा कोशे ढुङा सावीत हुने भन्दै कुँवर दम्पतीलाइ सहयोगका लागी धन्यवाद प्रदान गर्नु भयो ।

कमेन्टहरु
Loading...