एनसेल यू–१५ जिल्ला छनौट फुटबलमा गार्डेन विजेता

पोखरा १४, फागुन/गार्डेन फुटवल क्लबले पोखरामा सोमबार सम्पन्न भएको एनसेल कप १५ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१५) जिल्ला छनौट फुटबल प्रतियोगितामा विजयी भएको छ । पोखरा रंगशालमा भएको फाईनल खेलमा गार्डेनले सहारा क्लवलाई २–१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । गार्डेनको जितमा सुदिप थापा र सन्तोस गुरुङले एक एक गोलको योगदान दिए ।

सहाराका मनिस परियारले खेलको चौथो मिनेटमै पहिलो गोल गरे पनि बाँकी समयमा सम्हालिन नसक्दा उपविजेतामै सिमित हुनु पर्यो । गार्डेनका सुदिपले खेलको २४ ओैं मिनेटमा एक गोल गरी खेल बराबरीमा पुराएका थिए । दोश्रो हापको उत्तराद्र्धमा गार्डेनका सुजन कार्कीले पोष्टमा चार्ज गरेको वललाई गोललाईनबाट सहाराका दिनेश गुरुङले हातले क्लीयर गरे । रेफ्रि सन्तोस गुरुङले सहाराका दिनेशलाई रेडकार्ड देखाउदै मैदानबाट बाहिर पठाउदै गार्डेनलाई पेनाल्टीको अवसर दिए । पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गार्डेनका सन्तोसले गोल गरे । विजेता गार्डेनले १० हजार र उपविजेता सहाराले ५ हजार साथमा ट्रफि मेडल प्रमाणपत्र पायो ।
विजेयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, एन्फा कास्कीका अध्यक्ष खेमबहादुर गुरुङ, सल्लाहकार दिनेश श्रेष्ठ, जिल्ला महिला फुटवल संघका अध्यक्ष भक्ति गुरुङ लगायतले पुरस्कार वितरण गरे । अखिल नेपाल फुटवल संघ (एन्फा) को कार्यक्रम अनुसार एन्फा कास्कीको आयोजना भएको उक्त प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएको महासचिव बुद्धि खत्रिले बताए । उक्त छनौट प्रतियोगिताबाट २५ जना खेलाडीहरु छनौट गरीने भएको खेल संयोजक खेम गुरुङले बताए ।

कमेन्टहरु
Loading...