लेखनाथ महोत्सवमा एकै दिन ५० हजार दर्शक

महोत्सव सकिन एक दिन वाँकी छदा लेखनाथ महोत्सवमा एकै दिन ५० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवको ११ औं दिन सोमवार हजारौ दर्शक ओइरिदा आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । महोत्सवमा आज मात्रै ५ करोड भन्दा वढीको कारोवार भएको छ । विहान ११ वजे देखी टिकट काउण्टरको लाइन चार बजेसम्म उत्तिकै रहेको थियो । महोत्सवमा अत्याधिक दर्शक चाप मध्यनजर गरी आपतकालिन ढोकाहरुको विकल्प तयार गरिएपनि सहज ढंगले व्यवस्थापन गरिएको थियो । अघिल्ला दिनमा मौसम प्रतिकुल रहेपनि सोमवार भने महोत्सवलाई दर्शकले उल्लेख्य साथ दिएका थिए ।महोत्सवमा दर्शकको उल्लेख्य चापका कारण प्रायजसो सवै स्टलहरुमा राम्रो व्यापार भएको थियो । रेष्टुरेण्टवालाले पनि कम्तिमा दुई लाख भन्दा वढीको व्यापार भएको स्टल व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिए । चर्चित इण्डियन च्यानल जिटिभीवाट प्रसारण भएको डान्स इण्डिया डान्स लिटिल मास्टर फष्ट रनरअप ओम क्षेत्रीको प्रस्तुती हेर्न लामोसमयसम्म दर्शकहरुको भिड रहेको थियो । उनले विभिन्न गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । क्षत्रीले नृत्य प्रस्तुत गर्दा दर्शकले समर्थनमा जोडले हुटिङ समेत गरेका थिए । उनले आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरेका  थिए । भारत वाहिर ओमले लेखनाथमा पहिलो पटक आफ्नो नृत्य प्रस्तुत गरेका हुन ।

ओम लेखनाथ महोत्सवमा सहभागी हुन भारतको आसाम डिफुवाट एकदिन अघि आएका हुन । उनलाई क्षत्रि समाज लेखनाथले समेत कार्यक्रम स्थलमा सम्मान गरेका थिए । आमा मन्दिराका साथ आएका नौ वर्षिय ओमले महोत्सवमा नृत्य प्रस्तुत गर्न पाउँदा खुशी लागेको वताए । उनले नेपाल अनि लेखनाथलाई कहिल्यै नविर्सने उल्लेख गरे । ओमका कार्यक्रम एरेन्जर प्रकाश राईले गड गिफ्टका रुपमा उनले आफ्नो क्षमता पाएको वताए ।यस्तै कार्यक्रममा चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, अमर विरही गुरुङ लगायतले आफ्नो गायन प्रस्तुत गरेका थिए । चर्चित गायक हेमन्त शर्मा र आगन्तुक खरेलले समेत दर्शकहरुलाई जुरुक जुरुक उचालेका थिए । यस्तै नक्कली वावुराम भनेर चिनिने हास्य कलाकारले समेत दर्शकलाई पेट मिचिमिचि हसाएका थिए भने साँझपख विभिन्न समूहले मार्डन डान्स समेत प्रस्तुत गरेका थिए ।

महोत्सवको आकर्षणको रुपमा रहेको विद्यालयस्तरिय लोकनृत्य तारापुञ्जमा गुरुकुल विद्याश्रम प्रथम, सिद्धिविनायक वोर्डिङ स्कुल द्धितिय, कास्की मोर्डनाइज्ड एकेडेमी तृतिय र वेसलाई एकेडेमी सान्तवना भएको प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिए । महोत्सवको समापन नेपाल राष्ट्र वैंकका गर्भनर डा. युवराज खतिवडाले गर्ने भएका छन् । समापनका दिन सधै झै लोक दोहोरी, हास्यव्यङ्ग र साँझ ५ बजेपछि लाइभ पप कन्र्सट हुने भएको छ । साँझ ५ देखी राती ८ बजेसम्म लाइभ पप कन्र्सटवाट दर्शकलाई मनोरन्जन गराईने कलाकार व्यवस्थापन समन्वय उपसमितिका संयोजक रक्ष गुरुङले जानकारी दिए । महोत्सव अवधिभर तीन लाख भन्दा वढी दर्शक र १५ करोड भन्दा माथिको कारोवार हुने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

कमेन्टहरु
Loading...