पत्रकार न्यौपाने सम्मानित

पोखरा, ३ फागुन/मेची–महाकाली मिडिया सोसाइटी नेपालद्धारा सञ्चालित ‘स्व.टंकादेवी–तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’बाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार इश्वरी न्यौपाने सम्मानित भएका छन् । सोसाइटीको तेश्रो महाधिवेशनको अबसरमा सो सम्मान प्रदान गरिएको हो । सम्मानपत्र सहित २० हजार एकरुपैया पुरस्कारको राशी रहेको छ । न्यौपानेलाई राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधी लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए । पोखरामा रहेर सत्य तथ्य र वस्तुपरक समाचा संप्रेषण गरि समाज विकासमा योगदान पु¥याएको भन्दै कान्तिपुर दैनिकको क्षेत्रिय प्रमुख न्यौपानेलाई सम्मान प्रदान गरिएको सोसाईटीले जनाएको छ ।

सम्मान प्राप्त गरेपछि बौल्दै न्यौपानेले पुरस्कारले पत्रकारितामा अझै सशक्त रुपले लाग्नको लागि जिम्मेवारी बढाईदिएको बताए । ‘यो सम्मान पाँउदा धेरै नै खुसी लागेको छ’ उनले भने–‘आगामि दिनमा अझै राम्रो काम गर्नका लागि दायित्वबोध गराएको छ ।’ कार्यक्रममा सम्मानित व्यक्तिबारे अन्नपूर्ण पोष्ट दैनिकका क्षेत्रिय ब्यूरो प्रमुख भरत कोइरालाले जानकारी गराएका थिए । सो अबसरमा पत्रकारिता पुरस्कारका संस्थापक सुर्वण कोइरालाले पनि मन्तव्य राखेका थिए ।

सोसाईटिले गठन गरेको छनोट समितिले सो निर्णय गरेअनुसार न्यौपानेलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका लागि कोइराला परिवारले दुईलाख रुपैयाको कोष खडा गरेको छ । यसअघि सो पुरस्कारबाट पोखरामा पत्रकारिता गर्दै आएका रामकृष्ण ज्ञवाली, रिता गुरुङ्ग र जनकुपुरकी पत्रकार स्व.उमादेवी सिंहलाई प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...