तेश्रो संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता जारी पश्चिमपृतनाको जित

पोखरा २९, माघ/पोखरामा जारी तेश्रो संकरणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०६९ अन्र्तगत सोमबार पहिलो चरणका ७ खेल भएका छन । भद्रकालि मन्दिरको परिसरमा रहेको माछापोखरी खेल मैदानमा सोमबार भएको पहिलो खेलमा एआईजीले योङ स्टारलाई फुटवल क्लवलाई १–० ले पराजीत गर्यो । दोश्रो खेलमा पश्चिमपृतना अड्डाले फेन्स फुटवल क्लवलाई ३–० ले यात्रा समाप्त पार्यो । ईन्द्रेणी क्लबले भद्रकाली फुटवल क्लब माथि २–० ले जित दर्ता गर्दा रत्नचोक बीले नदीपुर फुटवल क्लबलाई ६–० को फारकिलो गोल अन्तरले पाखा लगायो । बीवाईसी लमजुङले आयोजक संगम क्लव बीलाई २–०ले पराजीत गर्यो । एल.जी एसोसीयसन बीले विटि गाईजलाई टाइब्रेकरमा ३–२ ले यात्रा समाप्त पार्यो ।

निर्धारित समयमा दुबै तर्फ गोल रहित बराबरीमा खेल टुङगीए पछि खेल टाइब्रेकरमा धकेलिएको हो । युनाईटेड क्लबले कमलपोखरीलाई २–०ले पराजीत गर्यो । मंगलबार पनि पहिलो चरणका ७ खेल हुने भएको क्लबका सचिव एवम प्रतियोगिताका संयोजक विवेक गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...