अफ्रिकी हिमालमा नेपाली प्याराग्लाईडिङ पाईलटको किर्तिमान

सागर राज तिमिल्सिना
पोखरा, २९ माघ/सर्वाेच्च शिखर सगरमाथा देखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाईडिङमा उडेर किर्तिमान राखेका पोखरेली प्याराग्लाइडिङ पाईलट सानोबाबु सुनुवार अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलिमान्जारोको उडानमा पनि किर्तिमान राख्न सफल भएका छन् । चारदिन अघि प्याराग्लाईडिङमा उडेका सुनुवार आधिकारीक रुपमा किलिमाञ्जरोबाट प्याराग्लाइडिङमा उड्ने पहिलो व्यक्ति बनेका हुन् ।

किलिमाञ्जरोको चुचुरो नजिकै तीनरात बिताएपछि उडान गर्न सफल भएको सुनुवारले बताए । ‘यो एक्सपिडिसनमा सयौं विदेशी साहसिक प्याराग्लाईडिङ पाईलटलाई पछि पार्दै एक्लै उडान गर्न सफल भएको बताए । तान्जानीयामा रहेका उनले खुशीको सिमा नहेको बताए । यसले नेपालकै नाम राख्न सफल भएको बताएका छन् ।

चिसो हावा र मौसम बिग्रेको भन्दै अन्य विदेशी पाइलटले बिचमै यात्रा छाडेपनि साहसका साथ अघि बढ्दा सफल भएको उनले बताए । उनले सगरमाथामा भन्दा पनि हावाको चाँप बढि भएकोले अलि चुनौती भएको बताउदै विश्वकै सर्वाेच्च शिखरबाट उडिसकेकोले किलिमाञ्जरोलाई सहजै होला भनेको थिए, तर अप्ठेरो रहेछ, तैपनि सफल भएको बताए ।

अफ्रिका महादेशको तान्जानीयामा अवस्थित किलिमाञ्जरो समुन्द्री सतहदेखि ५ हजार ८ सय ९५ मिटर अग्लो छ । उक्त चुचुरोबाट प्याराग्लाईडिङ मार्फत समुन्द्री सतहसम्म उडान गर्न विश्वव्यापी रुपमा सुनुवार छनौट भएका थिए । प्रतिश्पर्धाका लागि प्याराग्लाईडिङका विश्वभरका हजारौ साहसिक पाईलटले आवेदन दिएकोमध्ये छनौट भएका उनी टेण्डम (दुईजना उडने) पाईलट हुन् ।

अर्का एकविदेशी सहित उडान गरेको उनले जानकारी दिए । विङगस् अफ किलिमान्जारो एक्सपिडिसनको आयोजनामा उक्त चुचुरोमा पहिलोपटक भएको यो स्पर्धाका लागि सुनुवारले पोखराबाटै अनलाईन फारम भरेका थिए । तान्जानियाको उक्त चुचुरोबाट साहसिक प्याराग्लाईडिङ उडान गर्न पहिलोपटक त्यहाँको सरकारले स्विकृति दिएको उनले बताए । प्रतिश्पधार्मा विश्वका करिब २ सय सहभागिमध्ये ६ जनामात्र टेण्डम पाईलट थिए । बाँकी सबै सोलो (एकल) पाईलट हुन् ।

नेपाल सरकारले आफुलाई कुनै वास्ता नगरेकोमा उनले दुखेसो पोखे । पोखराको फ्लाई हिमालयन प्याराग्लाईडिङका संचालक समेत रहेका सुनुवारले सरकारी तवरबाट नेपालको झण्डा समेत नपाएको गुनासो गरे । सुनुवार विश्वमै साहसिक मानिएको अर्के रेडबुल एक्स आल्पस (ह्(ब्ीएक्) को छनौट चरणमा परेका प्रतिश्पर्धि पाईलट समेत हुन् । प्याराग्लाईडिङमा उडेर, दौडेर र हिडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनी विश्वभरका हजारौं साहसिक पाईलटबिच छनौट भएका छन् ।

कमेन्टहरु
Loading...