कुम्भमेलाबाट फर्किने भिडमा भागदौड, ३६ को मृत्यु

इलाहावाद, भारत(एजेन्सी), माघ २९ – महाकुम्भ मेलामा सहभागी भएर फर्किने क्रममा इलाहावाद रेल्वे स्टेशनमा आइतबार साँझ भएको भागदौडमा ३६ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । उनीहरु मौनी औंसीका अवसरमा प्रयागस्थित गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा स्नान गरी फर्किदै थिए ।

आइतबार उक्त संगमस्थलमा तीन करोड भन्दा बढी भक्तजनले स्नान गरेका हुन् । फर्किने क्रममा रेल्वे स्टेशनमा एकैचोटी भएको ठूलो भीडमा भागदौड मच्चिएको हो । मृतकहरुमा अधिकांश उत्तरप्रदेश, दिल्ली, मध्यप्रदेश, बिहार र महाराष्ट्रका थिए । मृतकमा २८ महिला र ७ जना बच्चा भएको जनाइएको छ । स्टेशनको प्लेटर्फम नम्बर ६ मा साँझ ७ र ८ बजेको बीचमा उक्त घट्ना भएको हो । स्टेशनमा जम्मा भएको ठूलो भीडको उचित व्यवस्थापन हुन नसक्दा भागदौड भएको बताइएको छ ।   उत्तर प्रदेश सरकार र रेल मन्त्रालयले घट्नाको कारण बताउन सकेको छैन ।

कमेन्टहरु
Loading...