सोनाम ल्होसार शुभकामना – उपसभापति पौडेल

काठमाडौं, २९ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तामाङ समुदायको पवित्र चाड सोनाम ल्होसारका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल बहुभाषा, बुहजाति, र बहुसांस्कृतिले भरिएको देश भएको र यही विविधताले सहिष्णुता, सदभाव र मेलमिलापको लागि समाजमा प्रेरणा दिदै आएको छ भन्दै उपसभापति पौडेलले राष्ट्रिय सहमति सरकार निर्माण गरी ताजा जनादेशमा जानका लागि राष्ट्रिय सहमति कायम गरेर मुलुकमा लामो समयदेखि विद्यमान राजनीतिक संकट निकासका लागि अघि बढ्न पनि यसप्रकारका पर्वले प्रेरणा मिल्नेनैछ भन्नुभएको छ ।

कमेन्टहरु
Loading...