लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्षमा दिपक राज गिरि निर्बाचित भएका छन ।लायन बर्ष २०२५/२६ को लागी अध्यक्ष पदमा गिरि प्रथम उपाध्यक्षमा लोक कुमारी क्षेत्री निर्वाचित भएका हुन । सफल न्युज डट कमका सम्पादक समेत रहेका गिरि र विभिन्न सामाजिक क्षेत्रमा आबद्ध प्रथम उपाध्यक्ष क्षेत्री क्लबको स्थापनाकाल देखि नै क्लबमा आबद्ध छन ।
निर्वाचन कार्यक्रममा बोल्दै रिजन चियर पर्सन तथा क्लबका सस्थापक अध्यक्ष युबराज पौडेलले क्लब लाई दिगो राखी सामाजिक काममा अगाडि बड्न नया टिम अब्बल रहेको बताए । बिगतमा क्लबले गरेको कामहरु निकै प्रभाबकारी रहेकोले आगामी दिनमा समेत क्लबलाई उत्कृष्ट बनाउन आग्रह गरे । क्लबका पुर्ब अध्यक्ष हरि बरालले क्लबले दीर्घकालीन कामहरुलाइ प्राथमिकता राखेर काम गर्न जोड दिए । क्लबका पुर्ब अध्यक्ष कमल सुबेदीले क्लबलाई सामाजिक काममा अगाडि बढाउन सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लबका अध्यक्ष बिन्दु शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपक अधिकारी, रन्जु गुरुङ , निर्मल पौडेल,रामहरी तिवारीले नया समितिलाई शुभकामना व्यक्त गर्दै कलबले सामाजिक सेवामा अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष गिरिले सचिबमा निर्मल पौडेल र कोषाध्यक्षमा रन्जु गुरुङलाइ मनोनीत गरेका छन ।