मदन भण्डारी फाउन्डेसनले गर्‍यो बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

 

मदन भण्डारी फाउन्डेसन कास्कीले गरिव तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई पोशाक र विभिन्न शैक्षिक सामाग्री बितरण गरेको छ ।दियालो फाउन्डेसन संगको सहकार्यमा बिद्यालय पोशाक , कपि, झोला सहितका सामाग्री सो फाउन्डेसनका अध्यक्ष माधब वास्ताेलाले बितरण गरेका थिए ।
कास्कीका विभिन्न विद्यालयका ८५ जना विद्यार्थीहरुलाई सहयाेग गर्ने कार्यक्रम अन्तगत आज १५ जनालाई बितरण गरिएकाे र अन्यलाई केहि दिनमा बितरण गरिने कुरा याे अभियानका संयाेजक रमेश भण्डारीले बताए ।
अभिभावकहरुले कपि, कलम, लगाउने कपडा, झाेला नभएर स्कुल जान नमान्ने बालवालिकाहरुलाई प्राेत्साहन भएकाे बताउदै धन्यवाद दिएका थिए।
कार्यक्रममा युवा नेताहरु सुर्य भण्डारी, शेखर गाैतम र रेडक्रस कास्कीका सदस्य खगेन्द्र पराजुलीको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम रमेश भण्डारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...