कास्की रेडक्रसको अध्यक्षमा उर्मिला मन्त्रीमा सन्तोष विजयी

कास्की रेडक्रसको अध्यक्षमा उर्मिला मन्त्रीमा सन्तोष विजय

नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्षमा उर्मिला खड्का भण्डारी निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा अर्का अध्यक्षका उम्मेद्बार कृष्ण प्रसाद तिमिल्सिनाले १ सय २६ मत पाए ।

महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी हुँदा रमा त्रिपाठीले १ सय ५ मत पाइन् ।

खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए
यसैगरी मन्त्रीमा १ सय ३३ मतका सन्तोष अधिकारी विजयी भए । कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन् । उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन् ।

कमेन्टहरु
Loading...