मिर्गौला पीडित गुरुङलाई ३७ हजार सहयोग

पोखरा, २८ माघ/कास्की जिल्ला सार्दिखोला गाविस वडा नं. ३ खादरजुङ निवासी दुवै मिर्गौला पीडित २५ वर्षिया सिरशोभा गुरुङको उपचारका लागि सहयोगको अभियान शुरु भएको छ । मिर्गौला पीडित शिरशोभा गुरुङको उपचार सहयोगको लागि गठित समितिले सार्दिखोला १ भुर्जङखोलाबाट ३७ हजार ६ रुपैया संकलन गरेको छ ।

संकलित रकम उपचारका लागि सिटी डेभलपमेण्ट बैंक लिमिटेडमा खोलिएको ००१ ००० २३९ ९१ बी खातामा जम्मा गरिएको सहयोग समितिका सचिव हुकुमसिंह गुरुङले जानकारी दिनुभयो । उपचाार सहयोगका लागि मिनबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय मिर्गौला पीडित शिरशोभा गुरुङ सहयोग समिति गठन गरेको छ ।

समितिको संयोजकमा मिनबहादुर गुरुङ, सचिवमा हुकुमसिंह गुरुङ, सदस्यहरुमा कर्णसिंह गुरुङ, तोरणबहादुर गुरुङ र तोजबहादुर गुरुङ रहनुभएको छ भने सल्लाहकारमा हुमबहादुर गुरुङ र लोकेन गुरुङलाई चयन गरिएको छ । समितिले मिर्गौला पीडित शिरशोभा गुरुङको उपचार सहयोगको लागि सहयोग गर्न आग्रह गरेको छ भने सहयोग गर्न चाहनु हुने संघसंस्था तथा महानुभावले सिटी डेभलपमेण्ट बैंक लिमिटेडमा खोलिएको ००१ ००० २३९ ९१ बी खातामा जम्मा सहयोग रकम जम्मा गर्न सकिने सहयोग समितिका संयोजक मिनबहादुर गुरुङले जानकारी दिनुभयो ।

पुस ३० गते मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचारकैे क्रममा २५ वर्षीया सिरशोभा गुरुङको दुवै मिर्गौला पीडित भएको चिकित्सकले जानकारी दिए पछि हप्तामा दुइपटक मणिपालमै हेमो डायलासिस गरिरहेको छ । पीडिकको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका करिब २० लाख खर्च लाग्ने बताइएको छ ।

कमेन्टहरु
Loading...