निजी स्वार्थमा अन्धो नबन्न कार्यकर्तालाइ नेता गुरुङको आग्रह

 

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी इन्चार्ज तुल बहादुर गुरुङले कार्यकर्तालाइ निजी स्वार्थमा अन्धो नबन्न आग्रह गरेका छन् । पुर्ब मन्त्रि समेत रहेका गरुङले पछिल्लो समय नेता कार्यकर्ता निजी स्वार्थमा लागेको र यस्ता गतिबिधीले पार्टी र जनतालाइ फाइदा नपुग्ने बताए । पार्टी निर्माणमा लाग्दा ब्यक्तीगत कुरामा लिप्त भइ समुह उप समुह बनाउन नहुनेमा जोड दिए । युवा सङ्घ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण एबम शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता गुरुङले नया बर्ष २०८१ ले सबैमा सुख,शान्ति समृद्धिको बर्ष बन्ने र नेपाली राजनितीमा देखिएको कालो बादल हटेर जाने बिश्वास ब्यक्त गरे ।

शुभकामना आदान प्रदान कार्यक्रम
                                                  शुभकामना आदान प्रदान कार्यक्रम

एकीकृत समाजवादीपार्टी कास्की जिल्ला अध्यक्ष खड्ग हमालले कास्कीमा युबा संघमा पछिल्लो समय देखिएको विबादलाइ समाधान गरेर लैजाने बताउदै सबैलाइ संगठनको बिधि, पद्धति र अनुुसासन भित्र रहेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेशका सदस्यहरू प्रेम पौडेल , नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय परिषद सदस्य नवराज पहारी, बिध्यार्थीे नेता राजन शर्मा पराजुली लगायतकाले शुभकामना दिएका थिए । युवा सङ्घ नेपाल कास्कीका अध्यक्ष मिलनजंग कुंबरको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष दिनेश बरालले स्वागत गरेका थिए ।

फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम
                      फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम

 

कमेन्टहरु
Loading...