सरकारी नियुक्ति त्यागेर राजनीति रोजेको ३ दशकमा जिल्ला नेतृत्वको दौडमा अधिकारी

सेवा सुविधायुक्त सरकारी जागिर खाएर जीवन सहज बनाउने रहर सबैलाई हुन्छ । यस्तै मौका पाएका थिए कास्कीका बैनबहादुर अधिकारी क्षेत्रीले पनि । २०५३ साल चैतमा बैनबहादुरको नाम लोक सेवामा प्रशासन लेखा समूह राजपत्र अंकित पाचौँ तहमा सिफारिस भयो । उनी असाध्यै खुशी भए ।

तत्कालिन समय कास्कीको राजनीतिक नेतृत्व सोमनाथ अधिकारी प्यासी, खगराज अधिकारीले गरिरहेका थिए । यसैबेला परिस्थिति भने फरक भयो । नेकपा एमाले पार्टीले बैनबहादुरलाई पूर्णकालीन काम गर्न अनुरोध गरेपछि सरकारी जागिर त्यागेर उनले नेताहरुको निर्देशन अनुरुप पूर्णकालीन कार्यकता बनेर काम गरे । पार्टी प्रतिको काम र जिम्मेवारी अझै पनि निरन्तर छ ।

उनै बैनबहादुर पार्टी कास्की जिल्ला सचिव हुँदै अहिले नेतृत्वका लागि अघि सरेका छन् । जारी ११ औं अधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनले लामो राजनीतिक योगदान र क्रियाशीलताका कारण प्रतिनिधिको माया पाएर आफूले विजय प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
यस्तो छ राजनीतिक तथा सामाजिक जीवन

कास्की जिल्लाको साविक कालिका ३, पिपलडाली ९ पोखरा महानगरपालिका वडा नं.२८ मा वि.सं.२०२९ सालमा बुबा स्व। धन बहादुर अधिकारी र आमा धनुमाया अधिकारी क्षेत्रीको कोखबाट जन्मिएका अधिकारी स्कुले जीवनबाट नै राजनीतिमा चासो दिन्थे ।

१० बर्षको उमेरमा नै राजनीतिलाई चासो दिँदै २०३९ सालमा अनेरास्ववियुको सदस्यता लिएर आपनो राजनितीक यात्रालाई अगाडि बढाए । पढाईसँगै राजनीतिलाई अगाडि बढाउँदै २०४३ सालमा जनज्योति माविमा तत्कालीन अनेरास्ववियु एकता पाचौँको प्रा।क। अध्यक्ष भएर काम गरे । अधिकारीले २०३९ सालमा अनेरास्ववियुको सदस्यता लिएका हुन् ।

अधिकारी २०४३ सालमा जनज्योति माविमा तत्कालीन अनेरास्ववियु एकता पाचौँको प्रा.क.अध्यक्ष, २०४४ सालमा अनेरास्ववियु कास्की जिल्ला कमिटी सदस्य, २०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता प्राप्त, २०५२ सालमा नेकपा ९एमाले० कालिका गाँउ कमिटी सचिवालय सदस्य, २०५४ सालमा नेकपा ९एमाले. कालिका गाँउ कमिटी सचिव, २०५५–२०५९ सालसम्म नेकपा ९एमाले० इलाका कमिटी–४ सचिव, २०५९–२०६० साल क्षेत्रीय कमिटी सचिवालय सदस्य भएर पार्टी र संगठन निर्माणमा पुर्णकालिन भएर काम गरे ।

२०६१ साल देखि ९ औँ जिल्ला अधिवेशनसम्म नेकपा ९एमाले० कास्की जिल्ला कमिटी सदस्य भएर सफलता पूर्वक सम्पन्न गरे । अधिकारीले नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशनमा सर्वाधिक मत प्राप्त गरी सचिवालय सदस्य हुँदै कार्यालय सचिवको कुशल जिम्मेवारी पूरा गरे ।

२०७८ सालमा दशौँ जिल्ला अधिवेशनपछि हालसम्म जिल्ला कमिटीको सचिवमा कार्यरत छन् । नेता अधिकारीले समाजशास्त्रमा एम।ए।एस, एम।कम। अध्ययन गरेका छन् । राजनीतिक सहभागितामा पार्टीको आठौँ, नवौँ र दशौँ महाधिवेशनमा प्रतिनिधि भई सहभागिता जनाइसकेका छन् ।

तत्कालिन नेकपा ९एमाले०को स्वयंसेवी युवा दस्ता पिपुल्स भोलिन्टियर्सको कास्की जिल्ला कमिटीको उपसचिव – २०५५ साल, तत्कालिन नेकपा मालेको युवा डस्टर युथ लिगको सदस्य २०४३ साल निर्वाचित जनप्रतिनिधीको भुमिका, २०५४ सालमा तत्कालीन कालिका गाविसको निर्वाचित उपाध्यक्ष, २०७४ सालमा जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा निर्वाचित भए ।

जिल्ला समन्वय समिति महासंघ केन्द्रिय कार्य सम्पादन सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष भई काम गरेको अनुभव पनि छ । नेता अधिकारी विभिन्न सामाजिक संस्थामा आबद्ध भै काम गरिसकेका छन् ।

नेता अधिकारी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, जनज्योति माविको व्यवस्थापन समिति सदस्य, सुर्केमैदान युवा क्लबको संस्थापक अध्यक्ष, अमरसिंह मावि पोखरा – १२ को विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्वाचित भई काम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...