पोखरामा सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै ३ गाडी नियन्त्रणमा

पोखरा । सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले ३ वटा गाडीलाई नियन्त्रणमा लिएको छ ।

शनिबार विदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै संगठनले गाडीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको हो ।

नियन्त्रणमा लिइएको गाडीमा यातायात कार्यालय पोखरा, जिल्ला शिक्षा समन्वय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय बागलुङको रहेको संगठनले जनाएको छ ।

जिल्ला शिक्षा समन्वय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय बाग्लुङको पास भएको तर यातायात व्यवस्था कार्यालय कास्कीको पास नभएको अवस्थामा पनि सवारी प्रयोग भएको देखिएको संगठनले जनाएको छ । विदाको दिनमा पनि सरकारी सवारी साधनको दुरुपयोग बढेपछि संगठनले अनुगमन गरिरहेको छ ।
शनिबार भएको छड्के अनुगमनमा नेकपा पार्टी निकटको युवा सङ्गठन नेपाल पश्चिम गण्डक व्युरो इन्चार्ज युवराज सी र युवा संगठन कास्की जिल्ला अध्यक्ष महेन्द्र सी को नेतृत्वमा सरकारी गाडीहरुलाई नियन्त्रण लिइएको थियो ।

कमेन्टहरु
Loading...