सेती नदीलाई पर्यटकीय गन्तब्य बनाउन पहल गरिने

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्य गर्ने प्रतिवद्धता समेत गरे ।

महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथी झोलुंगेपुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै यूनाइटेड क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उनको भनाइ रहेको थियो । पोखरालाई नयाँवर्ष अगाडिनै पर्यटकीय राजधानी घोषणा गर्ने वताउदै मेयर आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने वताए । पोखरा महानगर भित्र आयोजना हुने मुख्य महोत्सवहरु फरक फरक उद्देश्यले अगाडि वढिरहदा यूनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि वढिरहेको र महानगरभित्र बन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहिरदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत जोड दिए ।

त्यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बिजयपुर र सेती नदिको बिच भागमा मेला महोत्सव नभइरहदा यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी अमरसिंह क्षेत्रलाई चिनाउन सफल भइकोे वताउदै आगामी महोत्सवहरुमा रुपा गाँउपालिकामा उत्पादन भएका कृषिजन्य सामाग्रीहरुलाई बिक्री वितरणका लागि गाँउपालिका संग समन्वय गर्न उनले आग्रह समेत गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले युवाहरुद्वारा सञ्चालित यूनाइटेड क्लवले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण कार्य रहेको वताउदै सामाजिक सद्भाव कायम राख्न सम्पुर्ण एकजुट हुन आवश्यक रहेको वताए ।

त्यस्तै डाक्टर कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंह चोकलाई चिनाउने काम गरेको वताउदै क्लबले अगाडि सारेको सेती नदी संरक्षणको लागि क्लबले वडा नम्बर १० बाटै काम शुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिए । पोखरा १२का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैमा प्रकृतिले दिएको सुन्दर सहर रहिरहदा यूनाइटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि पोखरामा थप सौन्दर्यता थपेको वताउदै पोखरा महोत्सवमा दर्शक आयो, कति कमाइ भयो भन्दापनि महोत्सवको आयोजना गरि क्लबले समाजिक काम मार्फत जनतामा के सन्देश दियो भन्ने कुरा मुख्य रहेको वताए ।

अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले सामाजिक काममा अगाडि वढिरहदा आफ्नो विद्यालयमा सभाहलको अभाव रहेको वताउदै सभाहल निर्माणका लागि आग्रह गरे ।

महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघ संस्थाहरुकै कारण बाह्रौं संस्करणको पोखरा महोत्सव सफलतापूर्ण सम्पन्न भएको वताए । यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको वताउदै बाह्रौं पोखरा महोत्सव सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघ संस्था, कलाकार, पत्रकार, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्याम र दर्शकहरुलाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी कलाकार प्रजापति पराजुली, शंकर बिरही गुरुङ, जिवन दाहाल, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डतर्फ जिबबको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।

बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“मा ३ सय १ जनाले १२ औं पोखरा महोत्सवमा राखिएको कलाकार प्राज्ञ नगेन सिहंको कलाकृतिहरू अवलोकन गरेका छन । महोत्सवमा १२ करोड बरावरको कारोबार भएको र २ लाख वढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।

यसैविच महोत्सवमा टिकट काटेर प्रवेश गर्ने अवलोकन कर्ताहरु मध्येबाट गोलाप्रथामा बम्पर उपहार अन्तर्गत टिकट नम्बर ९३२ ले स्टिल दराज, टिकट नम्बर २८ ले डाइनिङ सेट दुई थान कुर्चि सहित र टिकट नम्बर २०३० ले डाइनिङ टेवुल प्राप्त गरेको छ । त्यसैगरी रेभल एप मार्फत अनलाईन टिकट काटेका टिकट नम्बर १९७८ ले होटल स्नोपिकमा डिनर सहित एकरातको बासको ब्यवस्था, टिकट नम्बर २६१४ ले एक महिनाका लागि वल्र्डलिंकको निशुल्क इन्टरनेट र टिकट नम्बर २४८६ ले लेकसाइडको प्याराडिसो बार एण्ड ग्रीलमा एक हजार बरावरको फुड भौचर लक्की ड्र मार्फत जितेका छन ।
टिकट सहित उक्त टिकट नम्बरहरुले महोत्सव आयोजक यूनाइटेड क्लबमा सम्पर्क गर्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...