समिर थापाको ‘किन न बोलेकी’ गीतको भिडियो सार्वजनिक

पोखरा । नेपाली साङ्गितिक बजारमा नेपाली गित संगीतले फड्को मारीरहेको अवस्थामा फरक स्वाद र मौलिक गाउघरको कथा बोकेको गित ‘किन न बोलेकी’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

समिप इन्टरटेन्मेनले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा, कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप सैलिमा रहेको गितमा समिर थापाको आवाज रहेको छ भने छायांकन मिलन शंकर ,सम्पादन नकुल खड्काको रहेको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् ।

त्रीकोणात्मक प्रेमकथा बोकेको यस गितको छायान्कन पोखराको आसपासमा रहेको सुन्दर बस्तीहरुमा गरिएको छ । मगर समुदायको सस्कृती युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई आफ्नो कथामा उतार्न पाउदा आफु धेरै नै खुशि रहेको र यस गीतले दर्सक र स्रोताहरुको मन जित्न सफल हुने छ भन्ने म्युजिक भिडियोका निर्देशक बताउछन् ।

कमेन्टहरु
Loading...