पिसिएममा आइडिया कन्टेस्ट सम्पन्न

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबार आइडिया कन्टेस्ट सम्पन्न भएको छ । कार्यक्रममा कलेजमा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा हेरिटेज क्राफ्टले प्रथम र ब्राइट एण्ड साइन क्लिनिङ्गले दोस्रो स्थान प्राप्त गरेका थिए । हेरिटेज क्राफ्टका सदस्यहरु एन्जिला सुवेदी, यज्जु सुवेदी, रोशनी तिवारी, सृष्टी थापा, अनिशा नेपाली, सारा गुरुङ्ग र गरिमा काफ्लेलाई नगद पुरस्कार दश हजार सहित कलेजको प्राचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी दोस्रो स्थान प्राप्त गरेको समूहका सदस्यहरु रोशनी कार्की, सिफाली श्रेष्ठ, अन्जली पौडेल र अमिसा भण्डारीलाई नगद पुरस्कार छ हजार सहित कलेजको प्राचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा विद्यार्थीहरुको योजनालाई पहिरन ट्रेडिङ्ग हाउसको प्रबन्ध निर्देशक लक्ष्मी थापा गिरी, मुक्ती इनर्जीका संस्थापक प्रकाश आचार्य र नविल बैंक पोखरा शाखाका प्रमुख प्रदिप पहारीले मूल्यांकन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कलेजको प्राचार्य लिना नेगी श्रेष्ठले विद्यार्थीहरुलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रमहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उप प्राध्यापक निकेस कर्मचार्यले विद्यार्थीहरुलाई प्रतियोगिताको नियमहरुबारे बोल्नु भएको थियो ।

कार्यक्रम उप प्राध्यापक सुवास मल्लको सञ्चालन तथा प्राचार्य लिना नेगी श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...