पौडेल वंश महासंघको केन्द्रीय समितिको अध्यक्षमा कास्कीका हरिराम निर्वाचित

काठमाडौं । पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) छन् । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहेका छन् । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुुप्रसाद पौडेल(सुनसरी) रहेका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल(बाग्लुुङ) र सदस्यद्वयमा रिषीराम पौडेल(चितवन) र नेत्रप्रसाद पौडेल(झापा) रहेका छन् । सदस्यहरूमा सुदुरपश्चिमबाट सुुशिला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लिलाकुुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल, गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा.डा.दुुर्गादत्त पौडेल, प्राडा.कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल छन् । त्यस्तै मधेश प्रदेशबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल हुनुुहुन्छ । कोशी प्रदेशबाट रामकुुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल रहेका छन् ।

बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नी पौडेल छन् ।
निर्वाचनका लागि पुुरुषोत्तम पौडेलको संयोजकत्वमा अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी रहेका निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष हरिराम पौडेलले बन्धुहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । अधिवेशनले पौडेलहरू मूूल मन्त्र “पौडेल थर, हाम्रो साझा घर” पारित गरेको छ ।

संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार प्रा.माधव अधिकारी प्रमुख अतिथिका रुपमा रहनुुभएको थियो । कार्यक्रममा स्वदेशी र विदेशी गरी ७५० जना प्रतिनिधि र पर्यबेक्षक सहभागी थिए । महाधिवशेनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय सहित बंशावली निर्माण एवम् कुलपूजा विधि सम्बन्धी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...