तेश्रो संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता जारी,एपिएफको जित

पोखरा २८, माघ/ पोखरामा जारी तेश्रो संकरणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०६९ अन्र्तगत सोमबार भएको खेलमा सशस्त्र प्रहरी वल (एपिएफ)ले जित हासिल गरेको छ । सोमबार भद्रकालि मन्दिरको परिसरमा रहेको माछापोखरी खेल मैदानमा भएको खेलमा एपिएफले माटेपानी क्लबलाई ३–० को अन्तरले पराजीत गर्दै दोश्रो चरणमा स्थान बनाएको हो ।

एपिएफको जितमा प्लेयर अफ दी म्याच घोषित चुडामणि चौधरीले दुई र बुद्ध लामाले एक गोल गरे । दोश्रो खेलमा तामाङ बौद्ध युवा समितिले मिलनटोल युथ क्लबलाई ४–० ले पाखा लगायो । समितिको जितमा अमृत तामाङले दुई, जगत तामाङ र सुवास तामाङले एक एक गोल गरे । खेलमा समितिका राजेन्द्र तामाङ प्लेयर अफ दी म्याच घोषित भए । असिम गुरुङको निर्णायक एक गोलको मद्धतले ढुंगेसाँघु क्लबले एकता फुटवल क्लव माथि १–० को कठिन जित दर्ता गर्यो । खेलमा एकताका विजय वानिया प्लेयर अफ दी म्याच घोषित भए ।

गौडाको मुख युनाईटेड क्लवले माछापोखरी क्लबलाई ४–० ले पन्छायो । युनाईटेडको जितमा प्लेयर अफ दी म्याच घोषित असिर गुरुङले २, मदम गुरुङ र दिपक गुरुङले एक एक गोल गरे । आयोजक संगम फुटवल क्लवएले रन्जन स्मृति हिमखिर स्पोटर्स क्लवलाई ३–२ गोल अन्तरले पराजीत गर्यो । संगमको जितमा राजेस गुरुङले दुई र प्लेयर अफ दी म्याच घोषित टंक प्रसाद गुरुङले एक गोल गरे ।

रन्जन स्मृतिका असिम रन्जीत र ईश्वर बानियाले एक एक गोल गरे । गम्भीर परियार र डीकेन्द्र गुरुङको एक एक गोलको मद्धतले रत्नचोक एले होम ग्राउण्ड फुटवल क्लब माथि २–० को जित हासिल गर्यो । खेलमा रत्नचोकका वेद थापा प्लेयर अफ दी म्याच घोषित भए ।

ग्लोवल एक्सले नाईदर क्लव माथि टाईब्रेकरमा ३–२ को जित दर्ता गरेको छ । निर्धारित सयमामा दुबैतर्फ एक एक गोल भए पछि खेल निर्णायकको लागि टाइब्रेकरमा धकेलिएको हो । प्रविन गुरुङको निर्णायक गोलको मद्धतले लाली गुरास युथ क्लबले आदर्श युवा क्लव भण्डारढिकलाई पन्छाएको हो । खेलमा आर्दशका अर्जुन प्लेयर अफ दी म्याच घोषित भए । सोमबार पनि पहिलो चरणका ७ खेल हुने भएको क्लबका सचिव एवम प्रतियोगिताका संयोजक विवेक गुरुङले बताए ।

कमेन्टहरु
Loading...