पोखरा । साहारा क्लब पोखराको आयोजनामा आहा रारा पोखरा गोल्डकप माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । २३औं संस्करणको उक्त कपमा दुई विदेशी टिमसहित १२ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरामा हुने उत्कृष्ट फुटबल प्रतियोगिता मध्येको एक यस पोखरा गोल्डकपमा दिल्ली फुटबल क्लब भारत र पारो फुटबल क्लब भुटानको विदेशी टिम सहभागिता जनाउने छन् । त्यस्तै राष्ट्रिय सहभागि टिममा नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब, राईजिङ स्टार फुटबल क्लब, थ्री स्टार क्लब र आयोजक साहारा क्लब सहभागि हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
यस पटकको प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्चको अनुमान आयोजकले गरेको छ ।
फाेटाेः याेगेन्द्र श्रेष्ठ