दशनामी युवा समिति कास्कीद्वारा छात्राहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण

पोखरा । नेपाल दशनामी युवा समिति कास्कीले आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका वडा नं. ७ स्थित श्रीकृष्ण माविमा अध्ययनरत कक्षा ७, ८ र ९ का छात्राहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण गराएको हो ।

आफ्नो सुरक्षा गर्न आफै सक्षम हुनुपर्ने भन्दै प्रशिक्षणको आयोजना गरिएको समितिकी अध्यक्ष सरस्वती पुरीले बताइन् । छात्राहरुलाई निडर र समस्यामा परेको अवस्थामा सामना गर्न प्रशिक्षणले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो ।

समयसापेक्ष प्रशिक्षण भएको विद्यालयका सहायक प्रधानाध्यपक दिनेश बराल बताए ।

आत्मरक्षा सम्विन्धि प्रशिक्षण कृती गिरी लगायतको टोलीले गरेको थियो ।

दशनामी युवा समिति कास्कीले विगतदेखि सामाजिक क्षेत्रमा सचेतनाका विभिन्न कार्यहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...