कस्केली अधिकृत समाजद्वारा स्वास्थ्य सचेतना

पोखरा । कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ ।
समाजको वार्षिक कार्ययोजना अनुरुप दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पेन फिजिसियन डा.हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारिरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताए ।
अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिने बताए । प्याकेट च्यात्ने र ढकनी खोल्ने किसिमका खाद्य सामाग्री कम उपयोग गर्न उनले सुझाव दिए ।
कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसीले चिकित्सकद्वयबाट स्वास्थ्य रक्षा सम्बन्धमा धेरै जीवनोपयोगी विषयबारे जानकारी पाइएको बताए ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत सह सचिव विष्णुप्रसाद पोखरेलले गरेका थिए ।
 कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कृषि विकास बैंकका प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, डा. दीर्घनाथ ढुङ्गाना, विश्वनाथ पराजुली र ऋषिराम लामिछाने, पूर्व कर्मचारी परिषद्का अध्यक्ष नरहरि बराल, कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष नवराज गौतम, आजीवन सदस्यहरू तथा अन्य स्वास्थ्य क्षेत्र लगायतका व्यक्ति सहभागी थिए । कार्यक्रममा कस्केली अधिकृत समाजका आजीवन सदस्य लोकनाथ आचार्य, कार्यसमिति सदस्यद्वय सन्तोष ढुङ्गाना र वासुदेव पौडेल कर्मचारी मिलन केन्द्रको क्रमशः अध्यक्ष, सचिव र सदस्य पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
कमेन्टहरु
Loading...