पोखरा । तेस्रो नाभ्यता कप फुटसल प्रतियोगिताको उपाधि जिएमसी मेडिकल कलेजीले हात पारेको छ । ‘स्वास्थ मुटुको लागि खेलकुद’ भन्ने नाराका साथ नाभ्यता हार्ट एन्ड एलाइड सेन्टर प्रालिले आयोजनामा भएको फाइनल खेलमा फिस्टेल अस्पताललाई पराजित गर्दै जिएमसी विजेता बनेको हो । प्रतियोगितामा विजेता टिमले नगद १५ हजार रुपैयाँ, मेडल र ट्रफी र उपविजेताले १० हजार रुपैयाँ मेडल र ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा ६ टिम सहभागी रहेको थियो । प्रतियोगिताको म्यान अफ द म्याच विकास रेग्मी, सर्वाधिक गोल गर्न आदित्य बास्तोला बने । प्रतियोगितामा घाइते एमआर समूहका खेलाडीलाई नाभ्यता एलाइड सेन्टरले उपचार खर्च प्रदान गरेको थियो । कार्यक्रम डा. अभिशेक मास्केको प्रमुख आतिथ्यतामा भएको थियो । आयोजक नाभ्यताका अध्यक्ष डा. नवराज पौडेलले केहीवर्ष यता यस्तै कार्यक्रम गर्दै आएको बताए ।