उपन्यास ‘सन एण्ड स्यडोज’ लोकार्पण

पोखरा । लेखक एन एच मानन्धरको उपन्यास सन एण्ड स्यडोज लोकार्पण भएको छ । पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो।

भर्खर अंकुराउन थालेको प्रेममाथि परेको आघातले पात्रका जीवनलाई फरक गोरेटोमा डोहोर्याएपछिका घटना र समाजका अनगिन्ती आयामसँग उनिदैँ बग्ने कथाले जातीय तथा लैङ्गिक विभेद, भ्रष्टाचार अनि परिवारभित्रको द्वन्द्व समेटेको लेखकले सुनाइन्।

आख्यानका रूपमा आएको भएपनि पात्रहरूका भोगाई र तिनले बाँचेका समयले पाठकलाई कैयन्ले बाँचेको कथासँग साक्षात्कार गराउने उनको दावी छ। अङ्ग्रेजी भाषामा लेखिएको पुस्तक सर्वसुलभ रूपमा पुस्तक पसल र ईबुक माध्यममा पनि उपलब्ध भएको जनाएकी छन्।

अस्ट्रेलियामा जन्मेकी लेखक एन एच मानन्धर नेपालकी बुहारी हुन् । उनले लामो समय नेपालमै बसेर सडक बालबालिकाका निम्ति काम गरेकी छन्।

कमेन्टहरु
Loading...