ताङ्गलेकोट तमु समाजले विभिन्न कार्यक्रम गरि मनायो रजत जयन्ती

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउँमा रहेको ताङ्गलेकोट तमु समाजले २५औं वार्षिकोत्सव (रजत जयन्ती) विभिन्न कार्यक्रम गरि मनाएको छ ।

समाजले आफ्नो रजत जयन्तीको अवसरमा एक कार्यक्रम आयोजना गरि स्मारिका विमोचनका साथै चेलिबेटी भेटघाट कार्यक्रम समेत गरेको हो ।

पर्वतको मोदी गाउँपालिका वडा नं. १ को ताङ्गलेकोटका मानिस पोखरा बस्दै आएकाहरुबाट पोखरा १५ नयाँगाउँमा सञ्चालित छ । समाजले ताङ्गलेकोटमात्र नभई देउपुर, देउराली, मोहरिया, भुक, लक्सीबोटसमेतलाई चिनाउने गरि विभिन्न कार्य गर्दै आएको छ ।

रजत जयन्तीका अवसरमा भएको कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभाकी पूर्व सदस्य ललितकला गुरुङ्गले समाजले उक्त स्थानका वासिन्दालाई आर्थिक, भौतिक र समस्या परेको अवस्थामा गरेको कार्यप्रति प्रशंसा व्यक्त गरिन् ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरण बाँनियाले समाजले पोखरामा आफ्नो छुट्टै पहिचान बनाएको बताए । साथै सामाजिक कार्यमा अग्रसर रहेको समाजलाई वडाको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

मोदी गाउँपालिकाका वडा सदस्य लोकमान गुरूङ, क्या. मन बहादुर गुरूङ, क्या. हितमान गुरूङले शुभकामना व्यक्त गरेका थिए ।

रजत जयन्तीका अवसरमा प्रकाशित स्मारिका पुस्तिकमा ताङ्गलेकोट तमु समाजका बारे प्राय सबैकुरा राखिएको प्रकाशन समितिका संयोजक क्या. हितमान गुरूङले जानकारी दिए । स्मारिका पुस्तकको विमोचन गण्डकी प्रदेश सभाकी पूर्व सदस्य ललितकला गुरुङ्गले गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता ताङ्गलेकोट तमु समाजका अध्यक्ष जगबहादुर गुरुङले गरेका थिएभने कार्यक्रमको सञ्चालन समाजका सचिव दुर्गा बहादुर गुरूङले गरेका थिए ।

 

 

कमेन्टहरु
Loading...