नारी जागरण अभियानद्वारा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग अन्तरक्रिया

पोखरा । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान चलिरहेकै बेला नारी जागरण अभियानले यौनिक तथा लौङ्गिक अल्पसंख्यक समुदाय (क्वेर समुदाय)सँग अन्तरक्रिया गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अवस्था, भोग्नु परेको समस्या, हिंसाको अवस्थाका बारेमा आज (आइतबार) अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा उक्त समुदायका सदस्यहरुलाई सम्मान समेत गरिएको छ । उनीहरुलाई सम्मान पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन् । अन्तरक्रियामा बौल्दै उपप्रमुख गुरुङले अल्पसंख्यक समुदायको पक्षमा महानगर सदैव रहेको बताइन् । यौंनिक तथा लैंगिक अल्पसंख्यकका हक अधिकारलाई सरकारले संवेदनशिल भएर अधिकार सुश्चित तर्फ लागिरहेको उनको भनाई थियो ।

त्यस्तै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले कुनैपनि समुदाय वा नागरिकको अधिकार प्राप्तीका लागि सबैजना मिलेर अगाडी बढ्नुपर्ने बताए । साथै समुदायको अधिकार प्राप्तीको विषयमा हातेमालो पक्षमा आफु रहेको उनले बताए ।

त्यसैगरि नागरिक समाज कास्कीका पूर्व अध्यक्ष विष्णुहरि अधिकारीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सदस्यको आफ्नो कुनैपनि दोष नभएपनि समाजमा अपहेलनाको शिकार हुनुपरेको बताए । यस समुदायको विषयमा सबैमा सचेतनाको आवश्यक रहेको उनको भनाई थियो ।

यता नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले समुदायले भोगिरहेको पिडाका बारेमा प्रस्टाएकी थिइन् । सर्वप्रथम परिवारबाटै विभेद हुने र पछि समाजबाटै अपहेलित हुनु पर्ने अवस्था अझै नहटेको उनले बताइन् । सबैले यस समुदायको विषयमा बुझ्न र जान्न पर्ने उनको भनाई थियो । समाजमा अरु नागरिकसरह व्यवहार नपाइएको उनको गुनासो छ ।

त्यस्तै नारी जागरण अभियानकी संयोजक अञ्जु केसीले नेपालमा अझै पनि सबै समुदायमा हिंसाको घटना भइरहेको बताइन् । अन्तरक्रियाले हिंसाको अवस्था थाहा पाउन र त्यसको न्यूनीकरण भूमिका खेल्ने उनको भनाई थियो । साथै यस यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा सबैजना संवेदनशिल भइदिन पनि उनले आग्रह गरिन् ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारी र समापन अभियानकी सहसंयोजक राममाया मानन्धरले गरेकी थिइन् ।

नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मंसिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज सकिदैछ ।

 

 

कमेन्टहरु
Loading...