पोखरामा मंसिर २३ गते ‘1978 AD’ व्याण्डको लाइभ कन्सर्ट

पोखरा / नेपाली रक ब्याण्ड ‘1978 AD’ व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले चिसो माहोललाई गर्माउने तयारीमा छ ।

पोखराका ‘1978 AD’ समुहका फ्यान उत्साहित छन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् ।

यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो । व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याज लगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्दै आएको छ ।

व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत मानिन्छ ।

 

कमेन्टहरु
Loading...