सुर्य चन्द्र विकास समाज र मणिपाल अस्पताल बिच सम्झौता

पोखरा । मणिपाल शिक्षण अस्पताल र पोखरा ५ मा रहेको संस्था सुर्यचन्द्र विकास समाज बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सोमबार मणिपाल शिक्षण अस्पतालका प्रमुख अनिल अडुविल र सुर्यचन्द्र विकास समाजकी अध्यक्ष कमला गौतमले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पतालले दिने स्वास्थ्य सेवा अन्तरगत संस्थाका सबै आजिवन सदस्य, अक्षयकोष दाता र कर्मचारीहरुलाई अस्पतालले विभिन्न छ्टको व्यवस्था गरेको संस्थाका सचिव हेमराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार दर्ता शुल्कमा पूर्ण छुट, साधारण बेडमा २५ प्रतिशत छुट, निशुल्क चिकित्सक परामर्श, सिटि स्क्यानमा १० प्रतिशत छुट, सल्यकृयामा १० प्रतिशत, नियमित जाँच, रगतको परिक्षण १५ प्रतिशत र भविश्यमा बन्ने विभिन्न स्वास्थ्य प्याकेज तथा उपचारमा पनि छुटको व्यवस्था गरिनेछ ।

संस्थामा आवद्ध सदस्यले सम्झौता अनुसारको सुविधा प्राप्त गर्न संस्थामा आवद्ध भएको परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

 

सम्झौता हस्ताक्षर कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, अक्षयकोषदाता तथा कार्यसमितिका पदाधिकारी र मणिपाल अस्पतालका प्रमुखलगाएत व्यवस्थापन विभागका प्रमुखहरुको उपस्थिति बिच सम्झौता सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...