प्रथम लामाचौर कप फुटबल, क्वाटरफाईनल समिकरण पुरा

पोखरा । एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ गोष्ते घाट फुटबल मैदानमा जारी फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्।

प्रतियोगिताबाट मंगलबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ ।

आज सम्पन्न पहिलो खेलमा एलजी एशोसिएशनले हेम्जा युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एलजीका लागी खेलको २१ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको अन्तिम मिनेटमा आषिस गुरुङले १ गोल गरेका थिए ।

दोस्रो खेलमा ढिकुरपोखरी युवा समाजले रञ्जन मेमोरियल लामाचौरलाई १-० गोलले हराउदै क्वाटर फाईनलको यात्रा तय गर्यो। ढिकुरपोखरी का लागी खेल सुरुवातको ३ मिनेट मै आयुष गुरुङले गरेको गोलनै जितका लागी निर्णायक रह्यो।

 

यस अधिका प्रि–क्वाटरफाईनल खेलबाट नेपाल प्रहरी गण्डकी प्रदेश, बाँनिया ब्रलर्श लामाचौर, शितल ज्याती युवा क्लब, आदर्श युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् भने गण्डकी स्पोट्र्स क्लब र एन टु कफी सप वाई मार्फत सिधै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन्।

बुधवार देखि क्वाटरफाइनलका खेल संचालन हुनेछन्।

भोली हुने क्वाटरफाइनलको पहिलो खेल नेपाल प्रहरी गण्डकी प्रदेश र शितल ज्याती युवा क्लब हुनेछ भने दोस्रो खेल बाँनिया ब्रलर्श लामाचौर र आदर्श युवा क्लब भण्डारढिक, सैनिक बस्ती बिच हुनेछ।

 

कार्तिक १९ देखी सुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ। खेलको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुने खेल संयोजक बिशाल नेपालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...