पोखरा । पोखरा वडा नं. १९ मा रहेको विन्ध्येश्वरी युवा क्लबले २६ औं वार्षिक साधारण सभा कोटमौला मन्दिर परिसरमा सम्पन्न गरेको छ ।
क्लवका अध्यक्ष थमकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा वडा नं. १९ का जनप्रतिनिधि तथा क्लबका पूर्व अध्यक्ष विकास कुमार आचार्यले गरेका थिए ।
उक्त कार्यक्रममा क्लवले २६ औं बसन्त पार गरेको उपलक्ष्यमा संस्थाले रजत जयन्ती मनाऊन मुल आयोजक समिति गठन गर्यो । थमकुमार केसीको संयोजकमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरी विभिन्न उपसमिति समेत गठन भएको छ ।क्लवले बिगतका वर्षमा झै यस वर्ष पनि महाशिवरात्रिको अबसर पारि विभिन्न प्रतियोगिता गर्ने भएको छ सोही अवसरमा रजतजयन्ती मनाउन लागेको क्लबका अघ्यक्ष थम कुमार केसीले जनाए ।
सास्कृतिक, सामाजिक र रचनात्मक कार्यक्रम गर्दै आएको वलवले यस वर्ष बिबिघ कार्यक्रम सहित रजत जयन्ती मनाउन लागकोमा वडा सदस्य तथा क्लवका पूर्वका अध्यक्ष आचार्य खुसी ब्यक्त गर्दै युवाहरुले देस आमुल परिवर्तन गर्नका लागि जोस जागर स्वदेशमा नै लगानि गर्ने र उत्पादनमा जोडिनका निम्ति आग्रह गर्दै पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
रजत जयन्ती कार्यक्रम फागुन २२ गते उद्घाटन गरी २६ गते सम्म सन्चालन गरी चौथो दिनमा समापन गरिने क्लबले जनाएको छ । कार्यक्रममा अन्तर क्लब भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, डोरी तान्ने, नृत्य प्रतियोगिता, लगायत अन्य प्रतियोगिता हुनेछन कार्यक्रम सन्चालन गर्न आर्थिक ,नैतिक ,भौतिक रुपमा सहयोग गर्न क्लबका उपाध्यक्ष राम आचार्यले आब्हान गरे ।
रजत जयन्ती कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । जसमा स्मारिका प्रकाशन उप समिति संयोजकमा गोविन्द प्रसाद आचार्य ,सम्पादन मन्डल उपसमिति संयोजकमा मिनराज ढुड्गाना ,खोज तथा अनुसन्धान उपसमिति संयोजकमा बिकास कुमार आचार्य ,आर्थिक संकलन उपसमिति संयोजक मान वहादुर केसी , विज्ञापन संकलन उपसमिति संयोजक भोज वहादुर केसी, खेल उपसमिति संयोजक नारायण केसी ,मन्च व्यवस्थापन उपसमिति संयोजकमा राजु केसीलाई चयन गरेको क्लबले जनाएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य क्लबका पुर्ब अध्यक्ष गोविन्द आचार्य, मिनराज, दुड्गाना ,शिव केसी, होमनाथ बास्तोलाले राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष राम आचार्यले गरेका थिए भने सञ्चालन क्लबका सचिब दिेपेन्द्र ढुड्गानाले गरेका थिए ।