पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोला मापदण्डमा बनेको संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
पोखरा वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू ३५ दिन भित्र पुर्णरुपमा हटाउन महानगरले सूचना जारी गरेको हो ।
महानगरले यस अघिनै प्राविधिक टोली खटाई स्थलगत नापजाँच गरी मापदण्ड सिमांकन गरि पोल गाडीसकेको छ ।
३५ दिन भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले जनाएको छ ।
पोखरा महानगरले जारी गरेको सूचनाः
फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना !
पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र ९यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र ० पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।
मिति : २०८० कार्तिक १० गते शुक्रवार
पोखरा महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, न्युरोड ।