पोखरा । कास्कीमा रहेको सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका ४ जना सम्मानित भएका छन् ।
आज (मंगलबार) ६८ औं प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयबाट उनीहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष मनपति भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष मिरा आचार्य र सामुदायिक प्रहरी सेवा लेखनाथका संस्थापक अध्यक्ष मोति गिरी रहेका सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
कार्यसम्पादनका आधारमा उनीहरुलाई प्रदेश प्रहरीले सम्मान गरेको हो ।