दोहोरी साँझमा कार्यरत कर्मचारी तथा सञ्चालकहरूलाई सुरक्षात्मक एवं कानुनी सचेतना

पोखरा । कास्कीमा रहेको दोहोरी साँझमा आबद्ध महिला कर्मचारी र सञ्चालकहरूलाई सुरक्षात्मक एवं कानुनी सचेतनामुलक प्रशिक्षण गराइएको छ ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य र राइट फर चिल्ड्रेनको सहयोगमा बुधबार दोहोरी साँझ कार्यस्थलमा हुन सक्ने महिला ‍हिंसा, यौन दुर्व्यवहार तथा अन्य महिला माथी हुन सक्ने विविध घटनाहरूको विषयमा सुरक्षात्मक एवं कानुनी सचेतना मूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले सुरक्षात्मक एवं कानुनी सचेतना मूलक प्रशिक्षण प्रदान गरेका थिएभने प्रहरी निरिक्षक समिक्षा घिमिरे र अभिवक्ता कुन्जनी परियारले अन्तरक्रियामा सहजीकरण गरेका थिए ।

कार्यक्रम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमबाट धेरै अत्यावश्यक कुराहरुको जानकारी पाइएको दोहोरी साँझमा आबद्ध महिला कर्मचारी तथा सञ्चालकहरू जनाएका थिए ।

कमेन्टहरु
Loading...