आशिर्वाद क्लबले आर्वामा भलिबल प्रतियोगिता गर्ने

पोखरा । आर्वामा रहेको आशिर्वाद क्लब अफ नेपालले दशै पर्वका अवसरमा पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । सामाजिक कार्यमा अग्रसर क्लबले खेलकुदलाई लक्षित गरि घटस्थापनाको भोलीपल्ट असोज २९ गतेदेखि कात्तिकको १ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिता पोखरा–१३ आर्वाको अमलाचौरस्थित अमरज्योति आधारभुत बिधालयको प्रङग्णमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ४० हजार, द्धितिय हुने टिमले नगद रु २५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष मनिष बरालले जानकारि दिए । उनका अनुसार खेलमा सहभागी हुन टिम दर्ता शुल्क रु ३ हजार राखिएको छ ।

प्रतियोगितामा ३० टिमको सहभागी रहने र करिब २ हजार दर्शकको सहभागिता रहने क्लबका ईन्चाज रवि बरालले बताए । मनोरञ्जनका साथमा भलिबल खेलको उत्थान र प्रवर्धनमा जोड दिन प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ थियो ।

त्यस्तै प्रतियोगितामा पुर्व उत्कृष्ट खेलाडीहरुलाई सम्मान समेत गरिने क्लबका उपाध्यक्ष आर्सन बरालले बताए ।

प्रतियोगितालाई थप मनोरञ्जननात्मक बनाउन साँस्कृतिक नृत्य र गितहरु राखिने तयारी भइरहेको क्लबका साँस्कृतिक विभाग प्रमुख शुसान पौडेलले बताए । प्रतियोगितालाई भव्य र सव्यरुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको क्लबका सचिव अर्जुन बरालले बताए ।

कमेन्टहरु
Loading...