एडिबीका पूर्वमहानिर्देशक मोरितादाले गरे पञ्चासे पदयात्राको अवलोकन

पाेखरा । कास्की ,स्याङ्जा र पर्वतको महत्त्वपूर्ण पर्यापर्यटन गन्तव्य पञ्चासे पदयात्रालाई महत्त्व दिदै यशियाली विकास बैंकका पूर्व महानिर्देशक नोरितादा मोरिता सहितको टोलीले पञ्चासे अबलोकन भ्रमण गरेको छ।

पञ्चासे ईको टुरिजम प्रालिले आयोजना गरेको पञ्चासे पर्यावरणीय पदयात्राको समेत औपचारिक सुभारम्भ समेत मोरिताले साङ्केतिक पदयात्रा मार्फत गरेका हुन् ।

सो अवसरमा यशियाली विकास बैंक पूर्व महानिर्देशक मोरिताले पञ्चासे पर्यावरणको महत्त्व यशिया क्षेत्रमा मात्रै नभै संसारभर रहेको कुरा समेत जानकारी गराएका थिए

विगतमा यशियाली विकास बैंकमा बहाल रहदा मोरिताले नेपालमा कालीगण्डकी परियोजना ,लुम्बिनी विकास परियोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत दर्जन बढी परियोजनामा समेत महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

बुद्धमार्गीका रुपमा समेत रहेका मोरिता विगतका गिरिजाप्रसाद कोईराला लगायतका पछिल्ला सबै प्रधानमन्त्रीहरुसँग निकटतम मित्रका र महत्त्वपूर्ण आर्थिक साझेदारका रुपमा काम गरेका ब्यक्ति हुन् भने उनले विगतमा महेन्द्र प्रकृति संरक्षण कोषको वोर्ड सदस्यका रुपमा समेत काम गरिसकेका छन् ।

नेपालका निकट साझेदार मानिने मोरिताले आगामी १० बर्ष पञ्चासे पर्यावरण संरक्षण ,पञ्चासे पर्यटन पूर्वाधार विकास र पञ्चासेमा खानेपानी पूर्वाधार विकासका लागि यशियाली विकास बैंक र विश्व विकास बैंकको सहयोगमा महत्त्वपूर्ण परियोजना सञ्चालन गर्ने चासो र पहलकदमी समेत देखाएका छन्।

पञ्चासे ईको टुरिजम प्रालिको निम्तोमा पञ्चासे आएका मोरिताको सहयोगद्वारा पञ्चासे जैबिक बिबिधता पार्कमा महत्त्वपूर्ण पर्यटन पूर्वाधारहरु समेत सञ्चालन गर्न लागिएको पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष तथा पञ्चासे जैबिक बिबिधता पार्क निर्माण समिति अध्यक्ष नवराज पौडेलले बताए ।

पञ्चासे पर्यापर्यटनको सन्देश विश्वभर दिने उद्धेश्यले आयोजित कार्यक्रममा एशियन भिजन ईन्स्टिच्युट का सल्लाहकार पूर्व प्रशाशक सम्भु मल्ल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

लुम्बिनी परियोजना लगायत नेपालका बिबिध सामाजिक अभियानहरुमा जोडिएका एडीबी पूर्व महानिर्देशक मोरिताले पञ्चासे क्षेत्रमा पछिल्लोपटक विशेष रुचिका साथ विकास कार्यमा आफ्नो बाँकी जिन्दगी खर्चिने वचनबद्धता समेत जनाईँ पञ्चासे ईको टुरिजम र पञ्चासे क्षेत्र विकास समिति मार्फत पञ्चासे विकासमा तल्लीन आफ्ना धर्मछोरा नवराज पौडेललाई दरिलो साथ दिने कुरा बताउँदै सम्पूर्ण गाउँबासीलाई यश कार्यमा साथ सहयोग गरिदिन कार्यक्रममा सार्वजनिक आग्रह समेत मोरिताले गरेका थिए ।

कमेन्टहरु
Loading...