पोखरा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) जनप्रिय बहुमुखि क्याम्पस कमिटीको भेला सम्पन्न भएको छ । भेलाले आविस्कार केसीलाई संयोजक र सचिवमा सचिन अधिकारीसहित ५१ सदस्यीय कमिटी गठन गरेको हो ।
अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज बिजय पौडेल, अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य किशान भण्डारी र सुनिल बाबु पोखरेल, अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष सन्तोष पोखरेल, जिल्ला कमिटी उपाध्यक्ष शिव पराजुली, जिल्ला सचिव बिजय भुजेल, निबर्तमान सचिव बिनय पराजुलीको उपस्थितमा भेला सम्पन्न भएको अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटीका सचिब सचिन अधिकारीले जानकारी दिए ।