शीतल सहकारीको १४ औं साधारणसभा सम्पन्न

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको शीतल वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।

साधारण सभाको पोखरा महानगर सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले उद्घाटन गर्दै सहकारीको ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता कसैले राखेको छ भने आजै हटाउन आग्रह गर्दै ऋण लिएर सहकारीलाई समस्यामा पार्नेलाई नगरपालिकाका सेवा सुविधा वञ्चित गर्ने प्रक्रियामा रहेको वताए ।

उनले सहकारीहरुले पैसाको खरिद विक्री मात्र नगरी उत्पादनमा लगाउन सके राम्रो हुने वताउँदै पोखरा १७ का सहकारी मिलेर कोल्ड स्टोर खोल्न सके पोखरा २१ का सुन्तला र पोखरा २२ का तरकारीहरुको उत्पादन वृद्धि भई किसानले राम्रो मूल्य पाउन सक्ने सम्भावना रहेको वताए ।

कार्यक्रममा संस्थाका जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज वराल, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष लक्ष्मण वास्तोला, पोखरा १७ की वडा सदस्य विष्णु माया भुजेल, सल्लाहकारहरु झपिन्द्रराज रेग्मी, तिर्थ अधिकारी र रंगिला आचार्य, छोरेपाटन माविका अध्यक्ष वद्रिनाथ पहारी, कृष्ण प्रसाद पोख्रेल र उत्तम सिग्देल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट कारोवार कर्ताहरु विष्णु कुमारी लम्साल, युवराज लामिछाने युवक, इन्दिरा पौडेल, इश्वरी कुमारी जैसी र प्रेम बहादुर जि.सी. लाई सम्मान गरिएको थियो । त्यसै गरी शेयर सदस्यका छोराछोरीहरु स्पन्दन देवकोटा, स्मीता अधिकारी, ममता ढकाल, इश्वरी कार्की र सविन थापा, कार्यालय सहायक दिल कुमारी लामिछाने क्षेत्रीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष इश्वरी प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष युवराज लामिछाने य्ुवकले र संचालन सचिव नारायण प्रसाद अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...