‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’

पोखरा । सीप हस्तान्तरण सशक्तीकरण (नेस्ट)पोखराको २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रती थप जबाफदेही हुनुपर्ने बताए ।

आफ्नो कार्यक्षेत्रप्रती स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसंग प्रभाबकारी समन्वय गर्न आग्रह गरे ।

कमिकमजोरीहरू निराकरण गर्दै आफुहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले खेल्ने भुमिका सधै सहयोगी हुने उल्लेख गरे ।

कार्यक्रममा गैर सरकारी संस्था महा संघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का , वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी , पोखरा महानगर पालिका सामाजिक बिकास अधिकृत गीता न्यौपाने ,पोखरा महानगरपालिका वडा न ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पबित्रा केसिलगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाले सूर्य प्रसाद न्यौपानेले पेश गर्नुभएको सचिबको प्रतिबेदन र संजय सुबेदीले पेश गरेका कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रूपले पारित गरेको थियो।

संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सूर्य प्रसाद न्यौपानेले गरेका थिए ।

कमेन्टहरु
Loading...