आर्वा बहुउद्देश्यीय सहकारीको कार्यालय पोखरा १३ काहुँखोलामा स्थानान्तरण

पोखरा । श्री आर्वा बहुउद्देश्यीय सहकारी संस्था पोखरा १३ काहुखोलामा स्थानान्तरण भएको छ। बिहीबार संस्थाको नयाँ कार्यालय पोखरा १३ काहुखोलामा एक कार्यक्रमबिच उद्धाटन गरिएको छ।
आफ्नो स्थापनाको छोटो अवधिमा फरक पहिचान बनाउन सफल भएको यो सहकारी मुख्यत युवाहरुको जोश जागर र उत्साहले दर्ता भएको सहकारी हो।

दिगो विकासको भरोसा युवा उधमशिलता भन्ने मुल नारालाई आत्मसात गर्दै दर्ता भएको यो संस्था अन्य सहकारी भन्दा फरक रहेको कुरा संस्थाका सचिब शोभित बरालले बताए। विश्व बजारमा देखिएको आर्थिक मन्दी, मुलुकभित्रको आर्थिक अस्थिरता तथा सहकारिप्रती आम जनताको अबिस्वास बढिरहेको यस असहज परिस्थितिमा पनि यस सहकारी सहज रुपमा सफलतापुर्बक अगाडि बढिरहेको कुरा संस्थाका अध्यक्ष नवीन बरालले जानकारी गराए।

बैंक तथा बित्तिय संस्थाहरुले तरलताको चर्को समस्या भोगिरहेको समयमा पनि आफ्नो सहकारी उक्त समस्याबाट पूर्णत मुक्त रहेको कुरा अध्यक्ष बरालले जानकारी गराए। संस्थाको सबै कारोबार काँहुखोलाको नयाँ कार्यालयबाट सुचारु भएकाे छ ।

कमेन्टहरु
Loading...