आर्वा बहुउद्देश्यीय सहकारीको नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न

पोखरा । पोखरा महानगर पालिका १३ आर्वामा रहेको आर्वा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष ८०/८१ को नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष नवीन बरालको अध्यक्षतामा भएको कार्यक्रममा सस्थालाइ आगामी दिनमा कसरी लैजाने र निती कस्तो बनाउने बिषयमा सहकारीका सदस्यहरु बिच छलफल भएको थियो । कार्यक्रममा सहकारीका सल्लाहाकार शकुन्तला बरालले सहकारीलाइ सदस्यमैत्री बनाउदै अगाडी बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहकारीकासात सिद्धान्त सन्चालक सदस्य बिन्दु बराल ले राखेकी थिइन् भने स्वागत मन्तब्य कोषाध्यक्ष श्रीनाथ वाग्लेले गरेका थिए । कार्यक्रममा संस्थाका कर्मचारी सगुन अधिकारी र सुस्मिता बराले सहकारीको प्रगती बिवरण पेश गरेका थिए । कार्यक्रममा सहकारी सम्बन्धि विविध बिषयमा शेयर सदस्यहरुले आफ्नो आफ्नो सुझाव सल्लाह एवम प्रतिकृया ब्यक्त गरेका थिए। कार्यक्रममा १०० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रम संस्थाका सचिव शोभित बरालले सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...