पोखरा । पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभुत हुने खालको कामलाई महत्व दिएकाे बताएका छन् ।
पोखरा महानगरपालिका २८ कालिकामा निर्माण भएको गैराथर सिल्पा सडकको उदघाटन गर्दे वडा अध्यक्ष लामिछानेले भने महानगरपालिका भए पनि पोखरा २८ को अधिकांस भाग भुगोलको हिसावले विकट रहेकोले ग्रामीण क्षेत्रको विकासको मूल आधार भनेकै सडक सञ्जाल भएको संकेत गर्दै हरेक विकास निर्माणमा स्थानीयले चासो दिनुपर्ने बताए । वडा अध्यक्ष लामिछानेले पोखरा २८ को ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह गर्दै पोखरा २८ मा कृषि र पर्यटनको प्रचूर सम्भावना भएकोले यसमा राज्यले पनि विशेष चासाे दिनुपर्ने बताए ।
पोखरा महानगरपालिका २८ की वडा सदस्य डाल्डादेवी भुजेलले सामाजिक काम गर्न निकै गारो रहेको बताउदै यसमा सवै आ–आफ्नो ठाउबाट सहयोग गर्न आग्रह गरीन् । वडा सदस्य विरेन्द्र भण्डारीले पोखरा २८ को विकासमा गैराथर सिल्पा सडकले विशेष महत्व राख्ने बताए । सडक निर्माण अनुगमन समितिका संयोजक विश्वरमण अधिकारीले बाटो निर्माणमा सयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
गैराथर सिल्पा सडक निर्माण समिति अध्यक्ष वालाकृष्ण त्रिपाठीले सबै सरोकारवालाको सहयोगबाट बाटो निर्माण सम्पन्न गरिएको भन्दै सडक स्तरोन्नति गरी बाहै्र महिना संचालन हुने कुरामा आफु ढुक्क रहेको बताए । गैराथर सिल्पा सडक निर्माण समितिकी सचिव विष्णु सुवेदीले सन्चालन गरेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका २८ का विभिन योजनाका समितिहरु समेत गठन गरीएको थियो ।