कर्माफ्लाइटस् फाउण्डेसनको अध्यक्षमा शर्मिला शर्मा

पोखरा । कर्माफ्लाइटस् फाउन्डेसनको अध्यक्षमा शर्मिला शर्मा निर्वाचित भएकी छिन् । फाउण्डेसनको मंगलबार सम्पन्न नवौं साधरणसभा तथा पाँचौ अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट समितिको उपाध्यक्षमा शिव थापा, सचिवमा कुल प्रसाद अधिकारी, कोषाध्यक्षमा रेनुका कार्की र सहसचिवमा सुरेश नेपाली चयन भएका छन् । त्यस्तै अधिवेशनले एकजना महिला सदस्य सहित ५ जना सदस्य पनि चयन गरेको हो ।

कार्यक्रम गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अधिवेशनकै अवसरमा फाउण्डेसनले विपद्को समयमा उद्दार र खोज कार्यमा प्रयोग हुने ५ थान क्यामेरा सरोकारवाला निकायलाई वितरण समेत गरेको थियो ।

फाउण्डेसन शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा निरन्तर कार्यहरु गर्दै आएको संस्था हो ।

 

कमेन्टहरु
Loading...