पोखरा । श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्थाको अधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्मल प्रसाद बास्तोला सर्वसम्मत चयन भएका छन् । शनिबार भएकाे सहकारीको १६ औं साधारणसभा एवं अधिवेशनबाट बास्तोला दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा राजेन्द्र गिरी, सचिवमा किरण अधिकारी, कोषध्यक्षमा रामप्रसाद लामिछाने र सहसचिवमा विष्णुप्रसाद बास्तोला चयन भएका छन् । त्यसैगरि सदस्यमा सिता सुवेदी, चेतनाथ बास्तोला, गोलमाया अधिकारी, सुर्यमोहन कंडेल चयन भए ।
त्यसैगरि सहकारीको लेखा समिति संयोजकमा कमलराज पराजुली, सदस्यमा महेन्द्रसिङ थापा र सिद्धार्थ काफ्ले चयन भएका निर्वाचन समिति संयोजक युवराज पराजुलीले जानकारी दिए ।