नेविसंघ पोखराद्वारा कास्की प्रशासनमार्फत गृहमन्त्रीको राजिनामा माग सहित ध्यानाकर्षण

पोखरा । ज्यानको सुरक्षा दिन नसक्ने भन्दै नेविसंघ पोखराले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत गृहमन्त्रीको राजिनामा माग गर्दै ध्यानाकर्षण गराएको छ । बुधबार भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा काँग्रेस नेता महेन्द्र यादवमाथी भएको हमलाको विरोध गर्दै नेविसंघ पोखराले कास्की प्रशासन मार्फत गृहमन्त्रीको राजिनामा माग गर्दै ध्यानाकर्षण गराएको हो । नेता यादव नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।

‘नेता यादवमाथी धारिलो खुकुरी प्रहार गरि सांघातिक हमला भएको घटनाप्रति नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।’ –ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेविसंघका अनुसार खुकुरी प्रहारबाट घाइते भएका यादवको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सार्वजनिक स्थलमा दिउँसै नेता माथि आक्रमण हुनु र पुर्व मन्त्री जस्ता ब्यक्तित्वको ज्यानको सुरक्षा दिन नसक्ने गृहमन्त्रीले देशको शान्ति सुरक्षा र नेपाली जनताको ज्यानको सुरक्षा गर्ने कुरामा नेवि संघलाई अब कुनै विश्वास नरहेको नेवि संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति विपिन पौडेलले बताएका छन् ।

देशको शान्ति सुरक्षा र जनताको ज्यानको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीको कुनै औचित्य नरहेको हुँदा नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत माननीय गृहमन्त्रीको राजिनामा माग नेविसंघले गरेको हो ।

उक्त कार्यक्रममा महानगर सभापति सहित नेवि संघ कास्की क्षेत्र नं २ का सभापति अमन केसी, महानगर कार्यसमितिका सहसचिव अदित भुजेल, सदस्य सविन पौडेल, सुवर्ण केसी र आयुष थापाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...