पोखरामा लागुऔषधसहित ३ जना पक्राउ

पोखरा । पोखरामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्की समेतको समन्वयमा खटिएको प्रहरी टोलीले सोमबार साँझ पोखरा ६ जरेबरबाट ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउपालिका वडा नं. ८ चित्रे बस्ने वर्ष २४ का सविन वि।क।, साृही गाउँपालिका ६ राम्जा बस्ने वर्ष २४ का सोवित जि.सी. र सोही गाउपालिका वडा नं. ८ चित्रे घर भई हाल जिल्ला कास्की पोखरा वडा नं.६ सान्तिपाटन बस्ने वर्ष २९ का दिवश गुरुङ रहेका छन् ।

उनीहरुबाट र उनीहरुको डेराकोठा बाट बुप्रिनर्फिन ८० एम्पुल, फेनेरागन ७९ एम्पुल, डाईजेपाम ८१ एम्पुल गरी जम्मा २४० एम्पुल लागू औषध भेटिएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट १५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...